स्वास्थ्यकर्मिको आन्दोलनले सेवा प्रभावित | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

स्वास्थ्यकर्मिको आन्दोलनले सेवा प्रभावित

नरी बडु, ९ फागुन, बैतडी ।
स्वास्थ्यकर्मिहरुको आन्दोलनका कारण बैतडी लगायत देशका जनस्वास्थ्य कार्यालयको कामकाज प्रभावित बनेको छ । समय–समयमा स्तर बृद्धि भएका तर तह अनुसारको जिम्मेवारी नपाएका स्वास्थ्यकर्मिहरुले पद व्यवस्थापन

स्वास्थ्यकर्मिको आन्दोलनले सेवा प्रभावित

नरी बडु, ९ फागुन, बैतडी ।
स्वास्थ्यकर्मिहरुको आन्दोलनका कारण बैतडी लगायत देशका जनस्वास्थ्य कार्यालयको कामकाज प्रभावित बनेको छ ।
समय–समयमा स्तर बृद्धि भएका तर तह अनुसारको जिम्मेवारी नपाएका स्वास्थ्यकर्मिहरुले पद व्यवस्थापन गरी तह अनुसारको जिम्मेवारी दिन माग गर्दै आईतबारदेखि ७ वटा स्वास्थ्य कर्मचारी ट्रेड युनियनले कार्यालयको कामकाज ठप्प पारेका हुन् । स्वास्थ्य सेवा ऐन ९ (ख) कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनु परेको स्वास्थ्यकर्मि राज बहादुर चन्दको भनाई छ  ।

जसरी आफुहरुलाई स्तर वृद्धि गरियो त्यसरीनै व्यवस्थान हुनुपर्ने र सरकारले आफुहरुको माग सम्वोधन नगरे आकस्मीक सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द गर्न बाध्य हुने स्वास्थ्यकिर्मी निर्मला चन्दले बताउनुभयो । कर्मचारीहरु जनस्वास्थ्य कार्यालय बन्द गरि कर्मचारीहरुले ढोका दिनभरी धर्ना दिएर बसिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);