महिला सुरक्षागृह प्रयोग बिहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

महिला सुरक्षागृह प्रयोग बिहीन

नरी बडु, १२ फागुन,बैतडी ।
लाखौ रकम खर्चेर तीन बर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएको छ । हिंसामा परेका वेवारिसे महिलालाई सेवा दिन निर्माण भएको सुरक्षागृह आफै वेवारिसे

महिला सुरक्षागृह प्रयोग बिहीन

नरी बडु, १२ फागुन,बैतडी ।

लाखौ रकम खर्चेर तीन बर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएको छ । हिंसामा परेका वेवारिसे महिलालाई सेवा दिन निर्माण भएको सुरक्षागृह आफै वेवारिसे अवस्थामा पुगेको छ । हिंसामा परेका महिला न्यायको लागि ग्रामीण भेगबाट सदमुकाममा आउदा उनीहरुको आवासको लागि बनाइएको सेभहाउस प्रयोगमा नआउदा समस्या भएको हो ।

 

सदरमुकाम आउने पिडित महिलाले अहिले सेवा पाउन सकेका छैनन् । ग्रामिण क्षेत्रबाट हिंसामा परेका महिलाले कानुनी उपचारको लागि सदरमुकाम आउदा समस्या खेप्नुपरेको छ ।

 

अन्तरपार्टी महिला संजालले नगरपालिका, जिविस, केयर नेपालको समुदाय सहयोग कार्यक्रम अन्र्तगत सहयोगमा २४ लाख लगानीमा सदरमुकामस्थित गडीमा ५ कोठे महिला सुरक्षा गृह भवन निर्माण भएको थियो । तर आर्थिक समस्या र सरोकारवाला निकायको वेवास्ताका कारण महिला सुरक्षा गृह संचालन गर्न नसकिएको महिला अधिकारकर्मि सरस्वती नेपालीको भनाई छ ।

 

प्रयोगमा नआउदै जिर्ण बन्न थालेको सुरक्षागृह संचालनका लागि सरोकारवाला निकायसंग सहकार्य गरी पहल गर्ने अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य माया भट्टको भनाई छ ।

 

गत असोजमा बिशालपुरकी बेसाहारा सुत्केरी किशोरीलाई जिल्लामा आश्रय दिन नसक्दा कञ्चनपुरको महेन्द्रनगरको सेफ हाउसमा पठाईएको थियो । आफ्नै जिल्लामा सेफ हाउस हुदा समेत पिडित महिलाहरुले बाहीर जानु परेको स्थानीयको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);