गुल्मी, ११ मंसिर। गुल्मीको मुसिकोट नगरपालिका १ को नेटामा नेपाली कांग्रेसका नेता चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ।
मालिका गाउँपालिकाको दर्लिङमा कांग्रेसको चुनावी सभामा सहभागी हुन जाँदै गरेका नेताहरु सवार लु १ च ९४५८ नम्बरको जिपलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको हो।
भीरबाट फालिएको बम ५ मिटर पछाडि पुगेर विस्फोट भएकाले सबै शकुसल रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।