ठूला दलका नेतालाई भोट माग्ने अधिकार छैन: प्रेम सुवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भक्तपुर, ११ मंसिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताएका छन् ।

सरकारमा जानका लागि मात्र चुनाव जित्न गठबन्धन गर्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले जनताको घरदैलोमा गएर भोट माग्ने अधिकार नभएको जिकिर गरे ।

अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा चाँगुनारायण नगरपालिका–९ ताथलीको बाला टोलमा पुग्नुभएका सुवालले जसरी पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेकाले जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत नभएको बताए ।

सरकारमा जाने तर जनताको हितमा कुनै पनि नीति नबनाउने, भ्रष्टाचारलाई बढावा दिने र राजनीतिमा गुण्डागर्दी भित्र्याउने चरित्रका ती दललाई भोट दिनुको औचित्य नभएको चर्चा गर्दै उनले उनीहरु कुन नैतिकताले जनताको घरमा पुगिरहेका छन् भन्ने मतदाताले बुझ्नु आवश्यक रहेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);