काठमाण्डौँ, ११ मंसिर । सोलुखुम्बुमा मतदान गरेर फर्किएका दावा तामाङको लडेर ज्यान गएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ ज्याङदिङका ६२ वर्षका दावा तामाङको आइतबार राति लडेर ज्यान गएको हो ।
तामाङको आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कने क्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेर ज्यान गएको हो ।
मतदान गर्नकै लागि सदरमुकाम आएका तामाङ सदरमुकाम मै बसेर राति बाहिर निस्कँदा लडेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । तामाङलाई सोमबार बिहान ८ बजे लडेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
फाईल फोटो