शम्भू माली ९ कपिलवस्तु , फागुन ।
बुद्ध स्थल तिलौराकोटमा महत्बपुर्ण पुरातात्बिक स्थलमा उत्खनन कार्य एक कार्यक्रम बिच समपन्न भएको छ । समपन्न समारोहमा फ्रान्स, श्रीलंका, जर्मन,जापान, लगायत ८ देशका राजदुत र लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिच्छु निग्रोधको उपस्थिती रहेको थियो । प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उत्खन्नको बारेमा प्रकाश पार्नु भएको थियो । पुरातत्ब बिभाग, लुम्बिनी बिकास कोष र बेलायतको डु¥हाम युनिर्भसीटीको बिज्ञ प्राबिधिक टोलीले उत्खनन्मा सहयोग गरि रहेका थिए । उत्खननमा तामाको पंच मार्क मुद्रा, घांटीमा लगाउने तामाका माला, माटोका चुरा, माटोको बिभिन्न किसिमको बुद्धको मुर्ति, माटोको जनावरको मुर्ति, टाउको नभएको माटोको लक्ष्मीको मुर्ति र पशु आकृतिको माटोका टुक्राहरु हाल सम्म पाईएको छ ।
उत्खनन टोली सदस्य पुरातत्ब अधिकृत कृण्ण केसीले बताए । त्यस्तै महत्बपुर्ण मानिने अर्ध बहुमुल्य बिड पाईएको छ । उत्खननबाट तिलौराकोटमा धेरै महत्बपुर्ण उपलब्धिहरु हासिल हुने भएको उत्खनन परियोजनाका संयोजक अधिकृत केसीले बताउनु भयो । सुरक्षा किल्ला पर्खाल आसपास र त्यो भन्दा तल्लो भागमा मानव बस्ती रहेको थियो । लिच्छबीकालीन लिपी लेखिएको समाग्री पाईएको छ । उत्खननले तिलौराकोटमा राजा शुद्धोधनको राज्य अगाडी देखिकै कालक्रम पत्ता लागेको लुम्बिनी बिकास कोषका पुरातत्ब अधिकृत केसीले बताए । यहाँको सभ्यताको ईतिहास झलकेको छ । १५ सय बर्ष अगाडीको मानव बस्ती पाईएको र कन्कमुनि बुद्धर करकुछन्द बुद्धको जन्म यहा भएको हो ।
कन्कमुनि ऋषि र सिरींगी ऋषिको अश्रम्र रहेको महत्वपुर्ण ऐतिहासिक स्थल भएको बताएका छन । कपिलबस्तुमा बुद्धको स्थलको बिकस जति हुुनु पर्ने हो त्यति नभएको यर्थाथ हो अब कपिलबस्तुलाई बुद्धमय कपिलबस्तु बनाउनु पार्ने बताएको छन । कपिलबस्तुमा भएको सम्पुर्ण स्थल महत्वपुर्ण रहेको बताएका छन ।