चर्चको शौचालयमा बलात्कार, आरोपी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

काठमाडौं, ११ मंसिर । चर्चको शौचालयमा शनिबार एक युवतीको बलात्कार भएको छ। बुढानिलकण्ठस्थित एक चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भंगाल बस्ने नुवाकोट थोपरेक-२ का २२ वर्षीय परीक्षण विकलाई पक्राउ गरेको छ।

विकले शनिबार चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेको प्रहरीले जनाएको छ। शौचालयमा लगेर थुनेर आफूलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन्। युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारवाही अघि बढाएको छ।

अभियुक्त विकले भने सहमतिमै आफूहरुबीच सम्बन्ध भएको दावी गरेका छन्। युवतीले भने अस्वीकार गरेकी छन्। दुवैजनाबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ। – नयाँ पत्रिका दैनिकबाट

ताजा समाचार