ताप्लेजुङ, १० मंसिर। ताप्लेजुङको आठराई गाउँपालिका ३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिका स्थलमुनि प्रेसर कुकर बम राखिएको पाइएको छ।
मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएपछि १ घण्टाका लागि मतदान स्थगित भएको स्थानीयले जानकारी दिएका छन्।
बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गर्न लागि परेका छन् र मतदान केही बेरमा नै सुरु हुने जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ।