मर्स्याङ्दीमा वेपत्ता भएकाहरुको खोजी गर्न गोताखोरको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मर्स्याङ्दीमा वेपत्ता भएकाहरुको खोजी गर्न गोताखोरको प्रयोग

तनहुँ।  तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा वेपत्ता भएका हरुको खोजी गर्न प्रहरीले गोताखोरको प्रयोग गरेको छ। आज विहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । कारमा कति जना थिए भन्ने केही खुलेको छैन। सडक भासिएपछि मुग्लिन–पोखरा सडकखण्डमा सवारी आवागमन बिहान ५ बजे देखि अबरुद्ध भएको छ । सवारी साधनलाई पोखरा र मुग्लिन आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ।

अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक नेपालले जानकारी दिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);