सडक भासिएर मर्स्याङ्दी नदीमा खस्यो, मुग्लिन–पोखरा सवारी आवागमन अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

सडक भासिएर मर्स्याङ्दी नदीमा खस्यो, मुग्लिन–पोखरा सवारी आवागमन अवरुद्ध

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ डम्पीमा आज बिहान ५ बजे सडक भासिएर मर्स्याङ्दी नदीमा खसेको छ । सडक मर्स्याङ्दी नदीमा खस्दा मुग्लिन–पोखरा सवारी आवागमन अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक भासिएका कारण उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिन तर्फ जादै गरेको कार अन्दाजी २०० मिटर तल मर्स्याङ्दी नदिको खोचमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडक भासिदा सवारी साधनलाई पोखरा र मुग्लिनमै रोक्न लगाइएको छ । अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा खटेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);