काठमाडौं—निजगढ द्रुतमार्ग नेपाल सरकारले आफ्नै लगानीमा, वार्षिक २० अर्ब सम्म बजेट् छुट्याउन सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

काठमाडौं—निजगढ द्रुतमार्ग नेपाल सरकारले आफ्नै लगानीमा, वार्षिक २० अर्ब सम्म बजेट् छुट्याउन सरकारलाई सुझाव

काठमाडौं—निजगढ द्रुतमार्ग सुझाव समितिले नेपाल सरकार आफ्नै लगानीमा आफ्नो लगानीमा निर्माण गर्न सुझाव दिएको छ ।

काठमाडौं—निजगढ द्रुतमार्ग नेपाल सरकारले आफ्नै लगानीमा

प्रतिक्षा शर्मा,काठमाडौं

 काठमाडौं—निजगढ द्रुतमार्ग सुझाव समितिले नेपाल सरकार आफ्नै लगानीमा आफ्नो लगानीमा निर्माण गर्न सुझाव दिएको छ ।

सोमबार सुझाव समितिका संयोजक डा. मीनबहादुर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल लार्ई प्रतिवेदन बुझाउदै नेपालकै लगानीमा निर्माण गरिनुपर्ने बताउनुभएको हो ।

गत पौष ७ गते फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न मन्त्रीपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सुझाव समिति बनाएको थियो ।

प्रतिवेदन बुझाउँदै संयोजक डा. श्रेष्ठले सरकारले आफूहरुलाई दिएको कार्यदेशअनुसार प्रतिवेदन बुझाएको बताउनु भयो ।

प्रतिवेदनमा समय र खर्चको बचतका लागि पुरानो कम्पनिले बनाएको डिपीआर लिनु उपर्युक्त हुने, फास्ट ट्रयाक नेपालको आफ्नै लगानीमा निर्माण गर्न सकिने, त्यसका लागि वार्षिक १० देखि २० अर्ब बजेटको व्यवस्था गर्न सकिने र नेपाल सरकार आफैले कार्यालय स्थापना गरेर काम सुरु गर्नु राम्रो हुने विषय समेटिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले समितिले तोकिएको अवधिभित्र तोकेको कार्यदेश अनुसार सुझाव दिएको र सुझाव अनुसार नै काम अघि बढ्ने बताउनुभयो ।

 

Leave a Reply