गोरखा, १० मंसिर । गोरखाको क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।
सिराञ्चोक गाउँपालिका( ८ स्थित परोपकार आदर्श मावि जौबारीमा पुगेर उनले मतदान गरेका हुन् । फूलमाला, टिका र ढाकाटोपीमा सजिएर उनी मतदान गर्न पुगेका थिए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईबीचको भिडन्तले यो चुनावी क्षेत्रको प्रतिस्पर्धा रोचक देखिएको छ ।