पाँचथरमा कांग्रेस कार्यकर्ताले बाँड्दै गरेको पैसा एमाले कार्यकर्ताले खोसे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाँचथरमा कांग्रेस कार्यकर्ताले बाँड्दै गरेको पैसा एमाले कार्यकर्ताले खोसे

paisa

काठमाण्डौँ, १० मंसिर । एमालेका कार्यकर्ताहरूले कांग्रेस कार्यकताले बाँड्दै गरेका पैसा खोसेका छन् । पाँचथरको याङ्वरक गाउँपालिका- ६, साविक नागी–३ मा कांग्रेस कार्यकर्ताहरूले बाँड्दै गरेका पैसा खोसेका हुन् ।

निर्वाचनकै दिन बिहान स्थानीय गोविन्द भारतीको घरमा कांग्रेसका देउमान योङहाङ नेतृत्वको टोलीले पैसा बाँड्दै गर्दा एमालेका खगेन्द्र योङहाङ नेतृत्वको टोलीले खोसेको हो।

सोही वडाका कांग्रेस समर्थक शिक्षक राम भारतीको घरमा मतदातालाई बाँड्न भनेर राखेको १५ हजार रुपैयाँ एमालेका कार्यकर्ताहरूले खोसेका हुन् । मतदातालाई प्रभावित पार्न कांग्रेसका कार्यकर्ताहरूले पैसा बाँड्न लागेको भन्ने सूचनाको आधारमा एमालेका युवा परिचालन गरिएको याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी कमलकुमारी योङहाङले जानकारी दिएकी छिन् ।

जिल्लाको तुम्वेवा गाउँपालिका वडा नम्बर–१ ,साविक आङना–५,रातमाटेमा पनि गएराति कांग्रेस कार्यकर्ताले पैसा बाँड्न खोजेपछि झडप भएको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);