काठमाण्डौँ, ९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापाको दमकस्थित घरमा बम बिष्फोट भएको छ ।
शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको उक्त घरमा दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएका छन् । उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
ल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।