मन्त्री खड्काको घरमा बम विस्फोटhttps://emountaintv.com/wp-admin/post-new.php?post_type=news | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

 

बागलुङ, ५ मंसिर । सत्तारूढ दल नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं सहकारी तथा गरिबि निवारण राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा बम बिष्फोट भएको छ । सोमबार राती बागलुङ बजारको लालीगुराँस चोकस्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो।

बम विष्फोटनबाट कुनै मानवीय क्षती नभएको डिएसपी विश्वराजसिंह थापाले बताएका छन्। घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षति पुगेको छ । निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टी हुन सकेको छैन।