सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पर्यवेक्षको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पर्यवेक्षको आरोप

काठमाडौं, ८ मंसिर । निर्वाचन पर्यवेक्षकहरुले सरकार आफैंले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाएका छन । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षण समिति जियोकका अध्यक्ष हिमालय शमशेर राणाले सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न नसकेको देखिएको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्वाचन पर्यवेक्षकहरुले स्थानीय तहको निर्वाचनमा जस्तै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि निर्वाचन आयोग सरकारसामु निरिह देखिएको बताएका छन् ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि देशभर करिव ४५ हजार ५ सय पर्यवेक्षकहरु परिचालन गरिएको छ । निर्वाचनको पर्यवेक्षणका लागि पर्यवेक्षण कल सेन्टरको समेत स्थापना गरिएको छ ।