मोरङ । आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ
ताजा समाचार
इरानमा सेना नपठाउने राष्ट्रपति ट्रम्पकाे टिप्पणी
१ घन्टा अघि
घानामा ‘ट्री–फर–लाइफ’ कार्यक्रम शुरु
१ घन्टा अघि




