निजी क्षेत्रको सहभागिता विना आर्थिक उन्नति असम्भव : अर्थसचिव | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

निजी क्षेत्रको सहभागिता विना आर्थिक उन्नति असम्भव : अर्थसचिव

काठमाडौ, ७ मंसिर । अर्थसचिव शंकरप्रसाद अधिकारीले निजी क्षेत्रको सहभागिता विना आर्थिक उन्नति सम्भव नहुने बताएका छन् । छैठौं कर दिवस समापनको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमा अर्थसचिव अधिकारीले आर्थिक समृद्धिको लागि निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको बताए ।

निजी क्षेत्रको सहभागितामा आर्थिक विकास गर्न राजनीतिक सहमति समेत भएको उनको दाबी थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आयकर मैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्  । सरकारले करको दायरामा ल्याउने गरी व्यवसायीसँग व्यवहार नगरेको मुरारकाको गुनासो थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);