शेयर बजार आज उकालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ६ मंसिर । साताभर उतार चढाब देखिएको शेयर बजार आज उकालो लागेको छ । आज नेप्से परिसूचक ८ दशमलव ०२ अंकले बढेर १४ सय ८० दशमलव २६ अंकमा उक्लिएको हो ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ९६ अंकले बढेर ३ सय ११ दशमलव ९६ अंकमा उक्लिएको छ । सूचक बढेपनि औषत कारोबार रकम भने घटेको छ ।

१ सय ५९ कम्पनीका नौ लाख ३१ हजार कित्ता शेयर ३४ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको हो । मंगलबार ३५ करोडको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर दुई करोड ६५ लाख रुपैयाँमा कारोबार भयो । कारोबारको सुरुवाति आधा घण्टा बजार दुई अंकले घटेको थियो ।

त्यसपछि उकालो लागेको बजार एक बजे १४ सय ८१ अंक सम्म उक्लिएर पुनः १४ सय ७७ अंकमा झरेको हो । अन्तिम डेढ घण्टा सामन्य उतार चढाब देखिएको बजार आठ अंकको वृद्धिसँगै बन्द भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);