अष्ट्रेलियाका फुटबल प्रशिक्षक पोस्तेक्ग्लुले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

काठमाडौं, ६ मंसिर । विश्वकप फुटबलमा उक्लिएको केही दिन नबित्दै अष्ट्रेलियाका फुटबल प्रशिक्षक एन्ज पोस्तेक्ग्लुले राजीनामा दिएका छन्। उनकै प्रशिक्षणमा अष्ट्रेलियाले केही दिन अघि मात्रै प्ले-अफमा होण्डुरसलाई ३(१ ले हराउँदै अष्ट्रेलिया रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएको थियो।

५२ वर्षीय एन्जले राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी आफ्नो लागि भारी भएको र अब आराम गर्नका लागि राजीनामा दिएको बीबीसीले जनाएको छ। उनी सन् २०१३ देखि अष्ट्रेलियाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहँदै आएका थिए। उनले टिम सम्हालेपछि अष्ट्रेलिया ४९ मध्ये २२ खेलमा विजयी भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);