थाइल्याण्डलाई ९१ रनमा समेट्न सफल नेपाल, केही बेरमा ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

काठमाडौँ, ४ मंसिर। महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको छनोट खेल अन्तर्गत आयोजक थाइल्याण्डले नेपालसामु ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै थाइल्याण्डलाई थोरै रनमा समेट्न सफल भएको थियो।

टस जितेर पहिले बलिङ रोजको नेपालले २० ओभरमा ६ विकेट लिएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनाएको थियो । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिए ।

नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए । नेपालले केहिबेरमा ब्याटिङ थाल्नेछ ।

सोमबारदेखि सुरु भएको टि–ट्वान्टी विश्वकप छनोटमा आयोजक थाइल्याण्डसंगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र सहभागी भएका छन्।

ताजा समाचार