आईसीसी टि–२० विश्वकप छनोट : नेपालद्वारा थाइल्याण्डलाई १७३ रनको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

आईसीसी टि–२० विश्वकप छनोट : नेपालद्वारा थाइल्याण्डलाई १७३ रनको चुनौती

nepal vs thailand

काठमाडौं, २१ असोज । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोटमा नेपालले थाइल्याण्डलाई जितका लागि १७३ रनको चुनौती दिएको छ । नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाउन सफल भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गरे । करणले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४० रन्को योगदान दिए । यस्तै शरद भेषवाकरले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३० रन जोडे ।

नेपालको उच्च स्कोरमा ओपनर अनिल कुमार साहले २५ र बिनोद भण्डारीले १५ रन जोडे । कप्तान पारस खड्का ५ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

ताजा समाचार