धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए ।दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो । लम्कीचुहा नगरपाकिलाका निर्वाचन अधिकृत हिरालाला चौधरीले शाहीको उम्मेदवारी आधिकारिक भएको भन्दै कांग्रेसले जनाकारी दिएपछि थापाको उम्मेदवारी रद्द गरिएको जानकारी दिए ।
लम्कीचुहा प्रमुखमा कांग्रेसका दुई उम्मेद्वार : सुशीलालाई आधिकारिकता, भक्तबहादुरको मनाेनयन रद्द
ताजा समाचार
दुई संसदीय समितिको बैठक बस्दै
१२ मिनेट अघि
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
१३ मिनेट अघि
काठमाडौंमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी
१७ घन्टा अघि




