बारा । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । टेम्पोको ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।
बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु
ताजा समाचार
सहकारीको समस्याले नेपाल ग्रे लिस्टमा, सांसद जबरा
७ घन्टा अघि