मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०७९, शुक्रबार

मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु

death body

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी  मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरीदा उनी मोटरसाइकलबाट लडेकी थिइन् । मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply