बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु 

बारा । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । टेम्पोको ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);