काठमाडौं । महानगर तथा उपमहानगरपालिकामा हुने उमेदवारको भागबण्डा मिलाउन सत्ता गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बालुवाटारमा बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल हुने नेताहरूले बताएका छन् । सत्ता गठबन्धनमा महानगर र उपमहानगरबारे आ आफ्नै दाबी छन् । आइतबारको बैठकमा माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरे पनि काँग्रेस मान्न तयार छैन । त्यस्तै ११ उपमहानगरमा पनि दलहरूका आआफ्नै दाबी भएकाले सहमति जुट्न कठिन हुँदै आएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।
भागबण्डा मिलाउन गठबन्धन बैठक बालुवाटारमा जारी
ताजा समाचार
ऐतिहासिक पदक विजेता सुस्मा पराजित
३० सेकेंड अघि
पौडीमा डुआना र नासिरको खराब प्रदर्शन
५७ मिनेट अघि
बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
१ घन्टा अघि
काठमाडौंमा राहत शिक्षकहरुको आन्दोलन जारी
२ घन्टा अघि