स्थानीय निर्वाचन : मट्टीहानी नगरपालिका प्रमुखमा फेरि दुई पत्रकारको चर्चा | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

स्थानीय निर्वाचन : मट्टीहानी नगरपालिका प्रमुखमा फेरि दुई पत्रकारको चर्चा

महोत्तरी । महोत्तरीको मट्टीहानी नगरपालिका प्रमुखमा दुई पत्रकारकाे चर्चा चलेको छ । बहालवाला नगर प्रमुख तथा पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डल र अहिलेका सभापति कमलेश मण्डलबीच प्रमुखमा चर्चा चलेकाे हाे ।

अघिल्लो निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुख जितेका हरिप्रसाद अहिले लोसपामा छन् । बहालवाला पत्रकार माहासंघ महोत्तरीका सभापति कमलेश कांग्रेस निकट मानिन्छन् । नगर प्रमुख हरिप्रसादले पार्टीले टिकट दिए दोहोरिने संकेत गरेका छन् भने पत्रकार कमलेश मण्डल कांग्रेसबाट टिकट पाउने आशमा छन् ।

मण्डलद्वयको जनस्तरमा आफ्नै लोकप्रियता छ । मट्टीहानी नगरपालिकाको सामाजिक, सांस्कृतिक र भौतिक विकासमा नगर प्रमुखको भूमिका महत्वपूर्ण भएको हुनाले पनि लोसपाले फेरि एकपटक नगर प्रमुख हरिप्रसाद मण्डललाई नै टिकट दिने सम्भावना बढी छ ।

नगर प्रमुख हरिप्रसाद मण्डल दोहोरिने नदाेहाेरिने पार्टीले निर्णय लिने बताउँछन् । उनी अहिले टिकटभन्दा पनि विकासका कार्यमा सक्रिय भइरहेको बताउँछन् । कमलेश मण्डलले भने आफू नगर प्रमुखको अकांक्षी भएको बताउँदै आएका छन् ।

Leave a Reply