स्रोत नखुलेको ३० लाखसहित महोत्तरीमा एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

स्रोत नखुलेको ३० लाखसहित महोत्तरीमा एकजना पक्राउ

महोत्तरी । स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी-३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउदिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा लुकाएको दुई लाख गरी ३० लाख रुपैयाँ बरामद भएकाे हाे ।

बाइकसहित आरोपित सहाउदिनलाई नियन्त्रणमा लिई आवस्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Leave a Reply