एम्बुलेन्स र स्कुटर एक आपसमा जुध्दा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

इटहरी, ४ मंसिर । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रारत तीनजना गम्भीर घाइते भएको तथा उनीहरुको उपचारका लागि धरान लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-२ निवासी ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिका निवासी ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्लेको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आज बिहान जानकारी दिएको छ।

स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको तथा मृत्यु भएका तीनै जनाको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);