१ फाल्गुन, काठमाडौं । सर्वोच्व अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले चन्दलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । सर्वोच्चले सबै डिआईजीको कार्य सम्पादन मुल्याङ्कन विवरण र चन्दलाई महानिरीक्षक बनाउने निर्णयको फाइल समेत झिकाउन निर्देशन दिएको छ ।
त्यस्तै छलफलका लागि सर्वोच्चले दुबै पक्षलाई बोलाएको छ । अधिवक्ता कपिलदेव ढकालले शुक्रबार चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
महानिरीक्षकका लागि वरियता क्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाल र तेस्रो नम्बरका चन्दबीच होडबाजी चलेकै बेला ढकालले रिट दायर गर्नुभएको थियो ।