तनहुँमा ३५ वर्षीया महिला बलात्कृत  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तनहुँमा ३५ वर्षीया महिला बलात्कृत 

rape

तनहुँ । तनहुँमा ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले संखुवासभा चैनपुर नगरपालिका–२ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई बुधबार पक्राउ गरेको छ । 

पीडित महिला भानु नगरपालिका–२ बाह्रबिसेस्थित डुम्रे–वेशीसहर सडक खण्ड निर्माणको लागि बनाइएको लेवर क्याम्पमा बस्दै आएकी थिइन् । ती महिलालाई सोही लेवर क्याम्पका ठेकेदार न्यौपानेले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);