बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते तुल्याएको थियो । घाइते चौधरीको उपचारका क्रममा भुरीगाउँमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ।

स्थानीयका अनुसार उनी शौच गर्न जंगलतर्फ गएको समयमा बाघले झम्टिएको थियो। झम्टिएको देखेपछि स्थानीयले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो। केही समय यता बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघले लगालग मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । बाँके र बर्दियामा पछिल्लो समय बाघको आक्रमण बढेको छ।

Leave a Reply