मानसिक समस्या भएकी महिलाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मानसिक समस्या भएकी महिलाको उद्धार

जुम्ला । चन्दननाथ नगरपालिकाको महिला शाखा, तातोपनी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीले मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार भएकाे छ ।

करिब एक दशकदेखि मानसिक स्वास्थ्य समस्या भएकी तातोपानी गाउँपालिका-३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायाकाे उद्धार गरिएकाे हाे । उनी सडकमै बस्दै आएकी थिइन । जिल्ला प्रशासन कार्याल, तातोपानी गाउँपलिका, चन्दननाथ नगरको महिला शाखा र ओसी एमसीको सहयोगमा उद्धार गरी उनलाई कर्णाली प्रदेशको मानव सेवा आश्रममा पठाइएको छ ।

आर्थिक अभाव र आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितिरहेकाे थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको पहलमा उनलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको ओसीएमसीले एक महिना १२ दिनसम्म नि:शुल्क उपचार गरेकाे थियो । 

उपचारपछि उनकाे स्वास्ठथ्यमा केही सुधार भएको छ । समयमै औषधि खुवाउने मान्छे  नभएकाले दीर्घकालिकन व्यवस्थापानको लागि मानवसेवमा आश्रममा पठाइएको हाे । गाउँपालिकाले महिलाको  व्यवथापनको लागि एक लाख  रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);