काठमण्डौं । विश्व रेडियो दिवस आइतबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा रेडियो दिवस मनाउने गरिएको छ ।
१०४ वर्षीय निरंकुश जहानियाँ राणाशासन अन्त्यका लागि नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण सुुरु गरेको पाइन्छ । नेपालमा २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । अहिले एफएम रेडियो सयौँको संख्यामा सञ्चालित छन् । अधिकांश जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् ।
रेडियो नेपालसहित सयौँ एफएम रेडियोमा हजारौँ सञ्चारकर्मी आवद्ध छन् । स्रोताहरूको पनि एफएम रेडियोसँग सजिलै पहुँच पुग्ने गरेको छ ।