एसईई वैशाख ९ गतेदेखि हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

एसईई वैशाख ९ गतेदेखि हुने

see-exam

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।

स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);