बागलुङ, ३० कार्तिक । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज सम्बोधन गर्ने भनिएको गलकोटको चुनावी सभास्थल नजिकै बाम विस्फोट भएको छ।
१ बजे सूरु हुने कार्यक्रमका लागि सभास्थल तयार हुँदै गर्दा बम विस्फोट भएको हो । कसले बिष्फोट गरायो भन्ने कुरा खुल्न सकेको छैन। स्थानीयका अनुसार कार्यक्रम स्थल नजिकै ठुलो आवाजमा बम पड्किएको थियो।
अध्यक्ष ओली र दाहाल यतिखेर चुनवीसभालाई सम्बोधन गर्ने क्रममा देश दौडाहमा छन् ।