Our Network

असोज ११ २०७८, सोमबार

काठमाडौं, ३० कार्तिक । त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने नेपाल एयरलाइन्सका लोडर ‘लोडर’ पक्राउ परेका छन्। नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्सका कर्मचारी विमल केसी, विक्रम लामा र विर्खराज विक पक्राउ परेका हुन्।

ओमन एयरमा सामान लोड गर्न गएका बेला उनीहरुले यात्रुको लगेज फोरेको प्रहरीले जनाएको छ। उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ। -अन्नपूर्ण पोस्ट दैनिकबाट