ठुलो मात्रामा राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ठुलो मात्रामा राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बरामद

passport nepal

काठमाडौं, माघ १३ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र प्रहरीले बरामद गरी अनुसन्धान सुरु गरेको छ । उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयबाट दुई जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–३ का अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ की सोनीकुमारी गुरुङ उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ परेका हुन् ।

उनीहरुमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाएको छ । काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान विन्दुस्थित एक्स–रे गर्ने क्रममा लगेजमा शङ्कास्पद वस्तु भेटिएको थियो ।

उनीहरुको झोलामा राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);