त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

२०८१,०७,२१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बुधबार बिहान जानकारी दिए । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् ।

उनीहरु एयर अरेबियाको उडान नं। जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए । उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक पुनः जाँच  गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।

 

 

 

 

Leave a Reply

ताजा समाचार