आजकाे राशिफल र पात्राे : कुम्भलाई उर्जा मिल्ने, मीनकाे मन अध्ययनअध्यापनमा जाने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आजकाे राशिफल र पात्राे : कुम्भलाई उर्जा मिल्ने, मीनकाे मन अध्ययनअध्यापनमा जाने

काठमाडाैं । १० माघ २०७८ सोमबार । तदनुसार जनवरी २४ तारिक । माघकृष्णपक्ष षष्ठी पर सप्तमी, हस्त नक्षत्र, सुकर्मा योग, चन्द्रमा कन्या राशिमा छ । आज सूर्योदय ६ः५६ मिनेटमा  भएकाे छ भने सूर्यास्त ५ बजेर ३७ मिनेटमा हुनेछ ।

आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ । सोमबारको दिन देवादिदेव महादेवको स्मरण मात्रले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । आज विहान ८ः१५ देखि ९ः३६ सम्म राहुकाल रहेको छ भने ११ः५५ देखि १२ः३७ सम्म अभिजित मुहूर्त रहेको छ । सोमबारको दिन कुनै शिवालयको दर्शन गर्दा मनमा उर्जा प्राप्त हुने विश्वास छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउनेछ । बिहानै शिवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : तपाईंको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन अलि कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र  खुसीयाली छाउने छ ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंको मन अशान्त हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका चिन्तन आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । त्यसैले यात्रा गर्नुभन्दा पहिले शुभ साइतमा यात्रा गर्नुहोला । । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : अध्ययनअध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । चन्द्रमाको साथ रहेको छ । तपाईंले सोचअनुसार काम हुनेछ । त्यसैले विहान सूर्योदयको दर्शन गरेर काम गर्दा सफलता मिल्नेछ । आजको दिन कसैलाई पनि दूवाच्य शब्दको प्रयोग नगर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफलता मिल्नेछ । तपाईंको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नु होला । तपाईंलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईंले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजधनलाभ हुनेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन कसैलाई दिनुभएको धन प्राप्त हुनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन आकस्मिक धन प्राप्त हुनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ । सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्ययन अध्यापन र अनुसन्धानको काममा समय खर्च हुनेछ । समाज सेवामा समय दिनु पर्नेछ । आजको दिन समय ब्यबस्थापन मिलाएर काम गर्नु आवश्यक छ । सकैसँग पनि विवाद हुने गरी काम नगर्नुहोला 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);