एसीसी यू-१९ एसिया कप : नेपालद्वारा मलेसिया ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

काठमाण्डौँ, २८ कार्तिक । मलेसियामा जारी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियाले नेपाल सामु प्रस्तुत गरेको ४६ रनको फितलो लक्ष्य ५.२ ओभरमा दुई विकेट गुमाउँदै नेपालले सहजै भेट्टाएको हो।

वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा आयोजक मलेसियाले १५.३ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सफल भएको थियो । मलेसियाको घरेलु मैदान बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिएका थिए । नेपालका लागि अनलिकुमार शाहले १५ बलमा २६, दीपेन्द्र ऐरीले ३ बलमा १२, आसिफ शेखले १४ बलमा ४, भीम सार्की १ बलमा तीन रन बनाएर सहजै लक्ष्य भेट्टाएका हुन्।