भोजपुर घटनाप्रति गम्भीर आपत्ति जनाउँदै ओलीले निकाले यस्तो विज्ञप्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भोजपुर घटनाप्रति गम्भीर आपत्ति जनाउँदै ओलीले निकाले यस्तो विज्ञप्ति

काठमाडौं २८ कार्तिक । नेकपा एमालेले पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको साङ्घातिक आक्रमण प्रति आपत्ति जनाएको छ। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै राइमाथिको आक्रमणप्रति पार्टीले गम्भीर आपत्ती जनाएको छ।

‘निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं’ ओलीले विज्ञप्तिमा भनेका छन, ‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ ।’ एमालेले सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराएको छ।

‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ’ एमालेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारस“ग माग गर्दछौं । घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं।’

यसअघि माओवादीका उम्मेदवार जनादर्शन शर्मा र बर्षमान पुनमाथि विप्लवको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए। तर राईमाथि कसले आक्रमण गरेको हो भन्ने पुष्टी नभएपनि विप्लवकै नेकपाका कार्यकर्ताले आक्रमण गरेको हुनसम्ने आशंका गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);