सर्मिला गुरुङ । १७ माघ, काठमाडौं । नेपाल कुष्ठरोग निवारण घोषणा भएको झण्डै ७ वर्ष पुरा भइसकेको छ । नेपाल सरकारले विक्रम संवत् २०६५ सालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर, अहिले पनि नेपालमा बर्षेनी ३ हजार भन्दा बढि कुष्ठरोगिका विरामी थपिने गरेका छन् । पूर्वीय समाजमा कुष्ठरोगलाई दैविय सराप भन्ने गरिन्छ । तर, यथार्थमा त्यस्तो होइन ।
पुराना धर्मग्रन्थ, श्री स्वस्थानी ब्रत कथा पल्टाउने हो भने लावण्य देशका राजा नवराजका पत्नि चन्द्रावतिलाई समेत कुष्ठरोग भएको मानिन्छ । चन्द्रावतिले श्री स्वस्थानीको परसादलाई अपहेला गरेकोले उनलाई कुष्ठरोग लागेको हो भन्ने विश्वास गरिन्छ । त्यसैले पनि होला नेपालि समाजमा यस रोगलाई दैविय सराप भन्ने गरिन्छ ।
हरेक वर्ष जनावरी महिनाको अन्तिम आइतबार मनाइने कुष्ठरोग दिवस, यस बर्ष पनि विभिन्न संघ संस्थाहरुले ,समयमानै कुष्ठरोगको उपचार गरौँ ,अपागता हुनबाट बचौँ भन्ने मूलनाराका साथ ६४ औँ कुष्ठरोग दिवस मनाएका छन् । कुष्ठरोग माइको ब्याक्टेरियम लेप्रेका कारण हुने रोग हो ।
यो रोग स्वास प्रस्वसको माध्यम बाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ भने यस रोग लागेपछि हाटखुटटा झमझमाउनु,खुट्टा कमजोर हुँदै जानु, हातखुट्टा पोल्नु र निदाए जस्तो हुनु, छालामा रातो वा फुस्रो रङको दाग देखा पर्नु लगाएतका लक्षणहरु देखा पर्दछ । तर समयमा नै रोगको पहिचान गरि उपचार गरेमा यो रोग पुर्ण रुपमा निको हुुने चिकित्सकहरु बताउछन् ।
विक्रम संवत् २०६५ सालमानै सरकारले नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । नेपाल कुष्ठरोग निवारण घोषणा भएको पनि झण्डै ७ बर्ष भैसकेको छ । तर आज पनि विरामिको संख्या उस्तै नै छन् । ७५ जिल्लामध्ये झापा, मोरङ, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेत, मुगु, अछाममा कुष्ठरोग निवारण हुन बाँकी रहेको छ । सरकारले यी क्षेत्रमा पनि २०२० सम्ममा कुष्ठरोग निवारण क्षेत्र बनाउने लक्ष्य लिएको छ ।