एसिया कप छनौट : आज नेपाल र फिलिपिन्स भिड्दै, अनिलको अन्तिम खेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

काठमाडौं, २८ कार्तिक ।  एसिया कप फुटबल छनौटमा आज नेपाल र लिपिन्स भिड्ने भएका छन्। खेल आज मंगलबार दिउँसो २ बजे एन्फा कम्लेक्स सातदोबाटोमा हुँदैछ। नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हाँसिल गर्ने लक्ष्य लिएको बताएका छन्।

उनले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन गर्ने पनि बताएका छन्। यसअघि गएको चैतमा भएको खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४-१ ले पराजित भएको थियो। छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ। नेपालको एक अंक मात्र छ।

यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ। त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। यसैबिच नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेल पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदैछन्।

१० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन्। आजको खेल अनिलको ५० औँ अन्तर्राष्ट्रिय खेल हुनेछ। भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मुल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);