अमेरिका भ्रमणमा लगाएको प्रतिबन्धको चौतर्फी आलोचना, रिपब्लिकन पार्टीकै शीर्ष नेताहरु विरोधमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८३, मंगलबार

अमेरिका भ्रमणमा लगाएको प्रतिबन्धको चौतर्फी आलोचना, रिपब्लिकन पार्टीकै शीर्ष नेताहरु विरोधमा

शरणार्थी तथा विभिन्न सात देशका नागरिकलाई अमेरिका भ्रमणमा लगाएको प्रतिबन्धको चौतर्फी आलोचना, रिपब्लिकन पार्टीकै शीर्ष नेताहरु विरोधमा

अमेरिका भ्रमणमा लगाएको प्रतिबन्धको चौतर्फी आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणार्थी तथा विभिन्न सात देशका नागरिकलाई अमेरिका भ्रमणमा लगाएको प्रतिबन्धको चौतर्फी आलोचना तथा विरोध सुरु भएको छ ।

तर राष्ट्रपति ट्रम्प भने आफ्नो निर्णयको बचाउमा अडिग हुनुहुन्छ । ब्रुकलिनको संघीय अदालतले ट्रम्पको आदेशको केही अंशमा रोक लगाएको छ । तर त्यसको प्रभाव ट्रम्पको निर्णयमा परेको जस्तो देखिएको छैन । ट्रम्पको निर्णयको रिपब्लिकन पार्टीकै धेरै नेताले आलोचना गरेका छन् ।

तर ट्रम्पले भने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ । आफ्नो निर्देशन मुस्लिममाथिको प्रतिबन्ध नरहेको उहाँको दाबी छ । ५० मध्ये १६ राज्यका कानुन निकायका प्रमुखले राष्ट्रपति ट्रम्पको निर्देशन गैरसंवैधानिक रहेको बताएका छन् । धेरै संघीय अदालतका न्यायाधीशले ट्रम्पको ओदशको केही भागमा रोक लगाउँदै भिसा पाएका मानिसलाई अमेरिका प्रवेशमा रोक लगाउन नहुने फैसला गरेका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार एक निर्देशनमा हस्ताक्षर गर्दै एक सय २० दिनका लागि अमेरिकाको शरणार्थी कार्यक्रम बन्द गर्नुभएको थियो ।

यस्तै इरान, सिरिया, इराकसहितका सात देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउनु भएको थियो । ट्रम्पको आदेश धार्मिक युद्धको कारण बन्न सक्ने भन्दै आलोचना भइरहेको छ ।

यसको विरोधमा विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । विभिन्न देशका नेता तथा विश्लेषकले पनि आलोचना गरेका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो निर्णयको बचाउ गर्दै यसले कुनै समस्या नल्याउने दाबी गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार