काठमाण्डौँ, २७ कार्तिक । युट्युबको ट्रेन्डिङमा यतिखेर दुई नेपाली गीतको कडा टक्कर देखिएको छ । चर्चित डान्स ग्रुप कार्टुन क्रुज र यही ग्रुपबाट छुट्टिएर गएका सबिन कार्कीबीच टक्कर देखिएको हो ।
सबिनले निर्देशन गरेको ‘भाईरल भैदियो’ ट्रेन्डिङको पहिलो नम्बरमा रहेको छ भने कार्टुन क्रुजको ‘दिलको भित्तै’मा दोस्रोमा रहेको छ । बलिउड अभिनेता सलमान खान र कट्रिना कैफ स्टारर टाईगर जिन्दा हे को ट्रेलर भने ट्रेन्डिङको तेस्रो नम्बरमा रहेको छ ।
ट्रेन्डिङको दश मध्ये ७ वटा नेपाली भिडियो रहेको छ ।