काठमाडौं, २७ कार्तिक । क्रोएसिया र स्विट्जरल्याण्डले सन् २०१८मा हुने रुसी विश्वकप प्रतियोगितामा छनोट भएका छन्।
आइतबार राती भएको युरोपेली समूह अन्तर्गत दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि पहिलो लेगमा हात पारेको जितको आधारमा यी दुई राष्ट्रले विश्वकपमा ठाउँ बनाएका हुन् ।
खेलमा क्रोएसियाले ग्रिससँग गोलरहित बराबरीमा रोकियो। पहिलो लेगमा क्रोएसिया ४-१ ले विजयी भएको थियो।
यता स्विटजरल्याण्डले पनि आइतबार राती नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो । तर पहिलो लेगमा स्विटजरल्याण्ड १-० ले विजयी भएकाले विश्वकप यात्रा सफल पुर्वक तय भयो।
युरोपेली समूहको विश्वकप छनौट प्ले अफमा ९सोमबार० राती ईटालीले स्विडेनसँग खेल्नेछ। पहिलो लेगमा १-० ले हारेको ईटालीले विश्वकपमा छनोट हुन यो खेल कम्तिमा पनि २ गोलको अन्तरले जित्नुपर्ने हुन्छ। युरोपबाट छानिने अन्तिम टोलीको टुंगो भने मंगलबार राती हुने डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डको खेलपछि हुनेछ।