प्रधानमन्त्रीको सुझावविपरीत राष्ट्रपति भण्डारी युएई जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

प्रधानमन्त्रीको सुझावविपरीत राष्ट्रपति भण्डारी युएई जाँदै

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा नजान दिएको सुझावविपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्किदैं छिन्।

परराष्ट्रमन्त्रीकोसमेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकैं आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठीक नहुने सुझाव केही साताअघि दिएका थिए।

राष्ट्रपति कै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीँ गरेनन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट

ताजा समाचार