सुरक्षा चुनौती थपिएको गृहमन्त्रालयको निष्कर्ष, विशेष निगरानी बढाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सुरक्षा चुनौती थपिएको गृहमन्त्रालयको निष्कर्ष, विशेष निगरानी बढाउन निर्देशन

griha mantralaya

 

काठमाडौँ, २७ कार्तिक । पछिल्लो समय उम्मेद्वारहरुमाथि आक्रमण बढेपछि सरकारले सुरक्षा सतर्कता बढाउने भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको छ।

गृहमन्त्रालयले मातहतका सुरक्षा निकायहरुलाई थप कडाईं गर्न निर्देशन दिएको छ। सुरक्षा चुनौती बढेको निष्कर्षमा पुगेको गृहले विशेष निगरानी बढाउने भएको हो । संवेदनशील र अतिसंवेदनशील क्षेत्रको पहिचान गरि त्यसै अनुरुप सुरक्षाकर्मी परिचालन गर्ने तयारीमा गृह रहेको छ । मन्त्रालयले अतिसंवेदनशील क्षेत्रमा विशेष सुरक्षा योजना लागु गर्ने तयारी समेत गरेको छ।

उम्मेद्वार तथा राजनीतिक दलका नेताहरुले थप सुरक्षितरुपमा प्रचार प्रसार गर्ने वातावरण तयार पार्न कुनै कसर बाँकी नराख्न मातहतका सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ । सरकारले निर्वाचनकै लागि भनेर २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। निर्वाचनका लागि भर्ना गरिएका ९८ हजार २ सय ६८ म्यादी खटिएका छन्। यस्तै सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका टोली समेत खटिसकेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);